ट्रेण्डिङ

होमपेज / समाज

फिकलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

नेपालगाथा २०७९ फाल्गुण २८ गते आइतबार ११:४३:४१ मा प्रकाशित

काठमाडौँ मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस।

प्रतिक्रिया

सम्बन्धित खवर

Top