ट्रेण्डिङ

होमपेज / समाज

कलाकारद्वय दीपक र दीपाको सिनेमा हल वैशाखदेखि सञ्चालनमा

नेपालगाथा २०७९ फाल्गुण २७ गते शनिबार १६:४३:०८ मा प्रकाशित

काठमाडौँ । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा हल निर्माण गर्दैछन् । दीपक–दीपाको हल वैशाखदेखि सञ्चालनमा आउने भएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेस्वरमा नौ करोडको लागतमा निर्माण गरिरहेको मल्टिप्लेक्स फिल्म नयाँ बर्ष अर्थात २०८० को बैशाखमा आउने भएको छ ।

केही पहिले दीपक–दीपकाको हल उनीहरुकै फिल्म ‘छक्का पन्जा ४’ रिलिजको समय आउने बताइएको थियो । तर दीपकले फिल्मको रिलिजलाई तारगेट गरेर ल्याउने तयारी गरेपनि काम नसकिएको बताए । बैशाखसम्ममा उद्घाटन गर्ने योजना छ । उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा बन्दैछ ।

दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ । यस्तै, ‘छक्कापञ्जा ४’ले पहिलो सातामा आठ करोड हाराहारीमा कमाइ गरेको छ । त शुक्रबार रिलिज भएको फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ ।

फिल्मले औसत दैनिक एक करोड हाराहारीमा कमाइ गरेको देखिन्छ । चितवनबाट मात्रै फिल्मले एक करोड कमाइ गरेको छ । काठमाडौं उपत्यकाबाहिर समेत फिल्म बजारको तीव्र विस्तार हुँदै गएको यो कमाइले देखाएको छ । दोस्रो सप्ताहन्तमा समेत फिल्मको कमाइ पुनः उकासिने अपेक्षा गरिएको छ ।

फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाह, अनुराग कुँवर, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, राज आचार्य लगायतको अभिनय छ । राजनीतिक कथावस्तुमा निर्माण भएको फिल्मलाई आमा सरस्वती मुभिज र आईएमईले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top