होमपेज / समाज
काठमाडौं । नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस भएको छ । बढुवा समितिले सिफारिस निकालेको हो ।
प्रहरीका ८ एआईजीमध्ये पाँच एआईजीका पद रिक्त थिए । सोही रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । २०५१ चैत ५ र २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्य छन् ।
पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए ।