ट्रेण्डिङ

होमपेज / समाज

एकै वर्ष लोकसेवाका ४ वटा परीक्षामा सफल धनकुटाकी नवीना दाहाल

नेपालगाथा २०७९ फाल्गुण २६ गते शुक्रबार १४:१०:२३ मा प्रकाशित

धनकुटा । धनकुटाकी नविना दाहाले एकै वर्षमा लोकसेवा आयाेगका ४ वटा परीक्षामा नाम निकाल्न सफल भएकी छिन् । मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने दाहाल आयोगले एकै वर्ष लिएका फरक-फरक परीक्षामा नाम निकाल्न सफल भएकी हुन् ।

उनले कोशी प्रदेशबाट सहायक महिला विकास निरीक्षक र गण्डकी प्रदेशबाट सहायक पाचौं तहमा सामान्य प्रशासनतर्फ नाम निकालेकी छिन् । यसैगरी उनले कोशी प्रदेशबाटै सहायक पाचौं तहमा प्रशासन लेखा र जलेश्वरबाट खुला तर्फ नायब सुब्बा पदमा १ नं. मा सिफारिस भएकी छिन् । 

निरन्तरको मिहिनेत र आत्मविश्वास बोकेर अघि बढेकाले आयोगको परीक्षामा सफलता हात लागेकाे बताउने दाहालले अख्तियारमा काम गर्ने बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top