होमपेज / समाज
मनाेज बाेहरा, सुर्खेत । रारा बहुमुखी क्याम्पस मुगुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सचिवमा नेपाल विद्यार्थी संघका असल बिक निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल विद्यार्थी संघका सचिव पदका उम्मेदवार असल बिकले दिएको दाबी विरोध सम्बन्धी निवेदनमा छानबिन गर्दा मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन कार्यविधि २०७९ काे परिच्छेद ७ दफा १० (ग) बमोजिम हुनुपर्नेमा २८ वर्ष पूरा भएको पाईएकाले अनेरास्ववियु (क्रान्तिकारी)का सचिव पदका उमेदवार साङ्मु लामाको मनोनयन पत्र बदर भएसँगै बिक निर्विरोध निर्वाचित भएका हुन् ।
स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन थियो । उक्त्त क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) बाट सदस्य पदका उम्मेदवार वीर सिंह कुमालले नाम फिर्ता लिएसँगै सभापतिमा ३ जना, कोषाध्यक्षमा २ जना र सदस्यमा ३ जना गरी ८ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
.jpg)
मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन चैत ३ गते हुँदैछ ।