ट्रेण्डिङ

होमपेज / समाज

क्यानडामा “तावा ग्रील"

नेपालगाथा २०७९ फाल्गुण २४ गते बुधबार १५:४५:४३ मा प्रकाशित

शिशिर सिंखडा, मिसिसागा । क्यानडाको मिसिसागा शहर क्षेत्रमा “तावा ग्रील, ईण्डियन तथा हाक्का चाईनिज" खाना लोकप्रिय बन्दै गएको छ।

मिसिसागामा सन् २०२१ को 'मे'बाट सुरु गरिएको ’द तावा ग्रील, ईण्डियन तथा हाक्का चाईनिज रेष्टुरेण्ट’ मा पाईने खानाहरू यो क्षेत्रमा प्रख्यात रहेको छ । 'तावा ग्रीलको आफैले तयार पारेको स्पेशल मसलाबाट तयार गरिने खाना यस क्षेत्रमा पपुलर रहेको छ। सो खानाको प्रबर्द्धन गर्न लागि परेका छन्' नेपाली संचालक तथा सेफ विर राना ।

सम्भवत: यो एरियामा तावा ग्रील स्पेशल खाना यसै रेष्टुरेण्टमा मात्रै तयार हुने गर्दछ। आफ्नो लामो अनुभव र ग्राहकको रोजाई अनुसार स्पेसल मसला मार्फत तावा ग्रील खाना तयार गरिएको रानाले बताए। रेष्टुरेण्टमा स्पेशल तावा ग्रील खानाका अतिरिक्त विभिन्न प्रकारका ईण्डियन, हाक्का चाईनिज खानाहरु पनि उत्तिकै लोकप्रिय छन्। तावा ग्रीलमा विभिन्न प्रकारका भेज तथा चिकेन मःम विभिन्न प्रकारका तन्दुरी मःम पनि पाईने रेष्टुरेण्टका संचालकसमेत रहेका सेफ रानाले जानकारी दिए।

भारतको मुम्बई तथा ब्याङ्लोरका होटल तथा रेष्टुरेण्टमा लामो समय मेन सेफको भुमिकामा काम गर्नु भएका ’द तावा ग्रील, ईण्डियन तथा हाक्का चाईनिज रेष्टुरेण्ट’ का संचालक रानासंग विभिन्न प्रकारका खाना बनाएको २५ वर्षको लामो अनुभव छ। करिब २ दशकको क्यानडा बसाईमा उहाँले विभिन्न शहरको नाम चलेका होटल तथा रेष्टुरेण्टमा पनि सेफको भूमिकामा काम गरेको अनुभव रहेको छ।

आफ्नो रेष्टुरेण्टमा इन्डियन, चाईनिज, पाकिस्तानी, क्यानडियन, अमेरिकी, मेक्सिकन, नेपालीलगायतका विभिन्न समुदायका ग्राहकको रोजाईमा रहेको संचालक रानाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top