होमपेज / समाज
काठमाडौँ । लोकसेवा आयोगले खरिदारका लागि दरखास्त आह्वान गरेको छ । आयोगले निजामती सेवाका सेवा समूह, उपसमूहका राजपत्र अनङ्कित द्वितीय श्रेणीका पदहरूमा खुला र समावेशीगरी ५ सय १३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
प्रत्येक विज्ञापनका लागि ५ सय बुझाउनु पर्नेछ भने समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले भने थप समूहका लागि १५० तिर्नुपर्ने आयोगले जनाएको छ।
अनलाइनबाट पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त चैत १२ सम्म र दोब्बर दस्तुर तिरेर भने चैत २१ सम्म दिन सकिनेछ।