ट्रेण्डिङ

होमपेज / समाज

पल शाह भन्छन्- कसैलाई गाली नगरिदिनुहोला, उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस्

नेपालगाथा २०७९ फाल्गुण २३ गते मंगलबार १०:१३:०७ मा प्रकाशित

काठमाडौं । नाबालिग बलात्कार प्रकरणमा अदालतबाट सफाइ पाएका कलाकार पल शाहले आफूसँग जोडिएको घटनासँग सम्बन्धित कसैलाई पनि गालीगलौज र नराम्रो व्यवहार नगर्न आग्रह गरेका छन् ।

बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयका रुपमा लिएको उनको भनाइ छ । परिवारसँग होली मनाएकाे तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको पनि उल्लेख गरेका छन् । 

‘मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरूमा मेरो सदा सम्मान र सद्भाव । र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गालीगलौज र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरूसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।' 

प्रतिक्रिया

सम्बन्धित खवर

Top