ट्रेण्डिङ

होमपेज / समाज

नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा नेपाली सर्वसम्मत

नेपालगाथा २०७९ फाल्गुण २२ गते सोमबार १२:१२:०७ मा प्रकाशित

मुगु । नेपाल शिक्षक सङ्घ मुगुको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा डिल बहादुर नेपाली सर्वसम्मत चयन भएका छन् । 

२०५६ सालदेखि शिक्षण पेशा सङ्गै शिक्षक राजनितीमा आवद्ध हुँदै आएका नेपाली तीन कार्यकाल जिल्ला कार्य समितिको उपाध्यक्ष पद समाल्दै आएका थिए ।

उनी सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापक समेत हुन्। नेपाल शिक्षक सङ्घंको मर्म र भावनाअनुरूप शिक्षक र शिक्षा क्षेत्रको विकासको लागि काम गर्न आफू सधैँ तल्लीन रहेको  बताउने नेपालीले २०७४ मा नेपाल सरकारले उच्च हिमाली जिल्लाहरूका शिक्षकको पोसाक भत्ता निजामती सरह दिने निर्णय गर्नमा आफ्नो पनि भूमिका रहेको बताएका छन्।

यसैगरी संघकाे उपाध्यक्षमा सलबहादुर रावल, महिला उपाध्यक्ष अप्सरा श्रेष्ठ, सचिब विनोदकुमार मल्ल, सचिब अर्थ धनराज जैशी रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top