होमपेज / समाज
काठमाडौं । नेपाल चिकित्सक संघको अल नेपाल मेडिकल कन्फ्रेन्स ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। विराटनगरमा तीन दिनसम्म चलेको संघको २९ औं राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको हो।
'अल नेपाल मेडिकल कन्फ्रेन्स(अनेमेकोन)' हरेक तीन वर्षमा हुने गर्छ। यस वर्ष विराटनगरमा बिहीबारदेखि शनिबारसम्म भएको थियो। संघको ३० औं सम्मेलन चितवनमा हुने छ।
सम्मेलनले भारतीय चिकित्सक संघका अध्यक्ष डा. सरदकुमार अग्रवालले स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि र सीप भित्र्याउने विषयमा सहकार्य गर्ने प्रस्तावको स्वागत गर्दै दुवै संघबीच सहकार्य गर्ने, मेडिकल टुरिजम र मेडिक एजुकेशन टुरिजमका लागि थप गृहकार्य अगाडि बढाउँदै अगाडि बढ्ने, चिकित्सक एवं स्वास्थ्यकर्मीको सुरक्षाका लागि थप पहल कदमी गर्दै अगाडि बढ्ने, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐनको कार्यान्वयनमा जोड दिने लगायतका विषयमा घोषणापत्रमा उल्लेख छ।