ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला उद्घाटन

नेपालगाथा २०७९ फाल्गुण १९ गते शुक्रबार १६:०३:५० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ । आफ्नै प्रयोशाला नहुँदा जुनसुकै रोगको परीक्षण गर्न प्रदेश बाहिर पठाउनुपर्ने बाध्यता थियो । अब भने परीक्षणका लागि सहज हुने भएकाे छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईले शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् । उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाइ गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताएका छन । साथै प्रयोगशालालाई अन्वेषण केन्द्रको रुपमा पनि विकास गरिने मन्त्री पछाईले जानकारी दिए ।

 प्रयोगशालामा नौ जना  प्राविधिक गरी कूल १६ जना जनशक्ति छन् । हाल तीन जना प्राविधिकको मात्रै पूर्ति भएको छ ।

प्रयोगशालाका ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, संक्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top