होमपेज / समाज
काठमाडौं । जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा फागुन २५ गतेदेखि निर्धारित उडान पुनः सुरु गर्ने घोषणा गरेको छ।
जजिरा एयरवेजले भैरहवाबाट साप्ताहिकरूपमा तीन वटा उडान गर्नेछ। जजिराले भैरहवाबाट कुबेतको लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ। कुवेतमा स्थानीय समयअनुसार बिहान १०ः५५ बजे अवतरण गर्नेछ।
जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २५ हजार ८ सय ३६ को विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ। नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको समग्र पर्यटनमा सहयोग गर्ने बताए।
जजिरा एयरवेजले मध्यपूर्वमा बसोबास गर्ने भारतीय नागरिकलाई लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल आध्यात्मिक गन्तव्यको रूपमा प्रवद्र्धन गर्न लागिएको बताए। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्याउँछ भन्नेमा हामी विश्वस्त छौं।’
विज्ञप्तिमा भनिएको छ। नेपालमा जजिरा एयरवेजको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पुर्याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति जजिरा एयरवेजले कृतज्ञता प्रकट गरेको छ।