होमपेज / समाज
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध ४ वटा मुद्दा चलाउन राय दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी मुद्दामा पक्राउ परेका शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न सुझाव दिएको छ ।
बुधबार सीआईबीले पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयबिक्रम शाहसहितका व्यक्ति विरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको हो ।
जसअनुसार शाहसहितका व्यक्तिहरूमाथि थप १० वटा उजुरी परेका छन् ।