ट्रेण्डिङ

होमपेज / समाज

भारतीय तरकारी बिषादी जाँच नगरी भित्र्याउन लागेकाे विरोधमा अनेरास्ववियुकाे काठमाडौंमा प्रदर्शन

नेपालगाथा २०७९ फाल्गुण १७ गते बुधबार १५:१३:२४ मा प्रकाशित

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ ।

भारतीय तरकारीमा विषादी परीक्षण नगरी नेपाल ल्याउन दिने सरकारी निर्णयको विरोधमा अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको हाे। अनेरास्ववियुका विद्यार्थीहरुले क्याम्पसअगाडि तरकारीहरु बीच बाटोमा फालेर विरोध गरेका थिए ।

विषादीयुक्त भारतीय तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने जानकारी हुँदा हुँदै परीक्षण रोकिएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।

उनीहरुले किसान मार्न पाइदैन, भारतीय दलाल होसियार, जनतामार सरकार मुर्दावाद जस्ता नारा लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top