ट्रेण्डिङ

होमपेज / समाज

जजिराले भैरहवाबाट कुवेतको लागि सातामा ३ उडान गर्ने, कुवेतको भाडा २८ हजार

नेपालगाथा २०७९ फाल्गुण १७ गते बुधबार १३:२२:०७ मा प्रकाशित

काठमाडौं । जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ३ वटा उडान गर्ने भएको छ ।

जजिरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रूपमा ३ वटा उडान गर्नेछ । जजिराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिवार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्ने छ । कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ ।

साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँमा विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top