ट्रेण्डिङ

होमपेज / समाज

श्रमजीवी-पत्रकार संघ रअध्यक्ष जैसीलाई अन्तर्राष्ट्रिय सेवा पुरस्कार

नेपालगाथा २०७९ फाल्गुण १७ गते बुधबार ११:३५:१२ मा प्रकाशित

क्यालिफोर्निया । अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियन (क्यालिफोर्निया) ले श्रमजीवी–पत्रकार संघ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको छ ।

श्रमजीवीका पक्षमा काम गरेर क्रियाशील भएको ठहरसहित एशोसियनले 'अन्तर्राष्ट्रिय सेवा पुरस्कार–२०२३' द्वारा सम्मान गर्ने निर्णय गरेको अध्यक्ष माधव मरासिनीले जानकारी दिए । संस्थाका महासचिव दिपेश लामाका अनुसार श्रमजीवी पत्रकार संघ नेपाललाई नेपालमा श्रमजीवीका पक्षमा दृढतापूर्वक श्रमको उचित सम्मानका लागि न्याय दिलाउन ऐतिहासिक भूमिका खेलेकाले उत्कृष्ट संस्था र नेतृत्वको रुपमा सम्मान गर्न लागिएको हो ।

संस्थाले २० हजार रकम र ताम्रापत्रसहितको सम्मानका लागि संस्थाले अध्यक्ष जैसीलाई पत्राचार गरेको छ । श्रमजीवी–पत्रकार संघ स्थापनाको २ वर्षमै करिव २६ वटा सञ्चारगृहका पीडित श्रमजीवी पत्रकारहरूको न्यायका लागि पहल गरेको र श्रमजीवीमैत्री कानुन निर्माणका लागि राज्यपक्षसँग निरन्तर दबाब दिंदै आएको छ ।

साथै श्रमजीवीहरूलाई आत्मनिर्भर बनाउन मिडिया नै आत्मनिर्भर हुनुपर्नेलगायतका मुद्दा उठाउँदै आएको छ । श्रमजीवी पत्रकार संघसहित अन्य सञ्चार सम्द्धब १० वटा संस्थाहरूलाई पनि सम्मान गर्ने महासचिव लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ती सम्मानित संस्थाहरूमा आदिवासी जनजाती पत्रकार महासंघ, शिक्षा पत्रकार समूह, राष्ट्रिय दलित पत्रकार संघ, क्रियाशील महिला पत्रकार, अपाङ्ग पत्रकार मञ्च, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च, राष्ट्रिय यातायात पत्रकार मञ्चलगायत छन् ।

सम्मान आगामी बैशाख ७ गते तदनुसार अप्रिल २० २०२३ मा प्रदान गरिने आयोजकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top