ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्रीले गरे च्यासल रंगशालाको उद्घाटन

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १६:२४:४२ मा प्रकाशित

काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा तयार पारिएको च्यासल रंगशालाको उद्घाटन भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रंगशालाको उद्घाटन गरेका हुन् ।

ललितपुर महाननगरपालिका ९ स्थित बागमती किनारको करिव ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो ।

२०७४ मा स्तरोन्नतीसहित पुनर्निर्माण थालिएको थियो । अब १९ फागुनदेखि सुरु हुने ए डिभिजन लिगका खेलहरु यहाँ खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top