ट्रेण्डिङ

होमपेज / समाज

काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नु पर्‍यो:निवर्तमान स्वास्थ्यमन्त्री गिरी

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १४:५२:२४ मा प्रकाशित

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् ।

४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनु परेको उनको गुनासो थियो ।

स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निवर्तमान मन्त्री गिरीले मन्त्रीका रूपमा आफूले बेथित गरेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारे ।  उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्या छन् भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए । 

निवर्तमान मन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने बताए । त्यसका लागि विमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्‍याउनुपर्ने उनको सुझाव थियो । निवर्तमान मन्त्री गिरीले स्वास्थ्य बीमा बढाउन आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको बताए ।

उनले स्वास्थ्य सामग्रीहरूको दुरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरूको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए । 

निवर्तमान मन्त्री गिरीले आफूले स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्‍याएका स्वास्थ्य क्षेत्र हेर्ने पत्रकारहरूलाई पनि सरकारले पुरस्कारसहित सम्मान गर्नुपर्ने कुरालाई अघि बढाउन पहल गरेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top