होमपेज / समाज
काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमिबाट पक्राउ गरेको हो ।