ट्रेण्डिङ

होमपेज / समाज

आरजु राणा भन्छिन् : नेपाली सेनाका डेटा टर्की पुग्छन् भन्ने सुनेकी छु, डिजिटल अभिलेखमा छिद्र छ

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १४:२९:५५ मा प्रकाशित

काठमाडौं । नेपाली का‍ंग्रेसकी केन्द्रिय सदस्य तथा सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छिन् ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा डिजिटल प्रणाली सुरुवात गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको बताएकी हुन् । 

‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’ 

उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै किसिमको अध्ययन र अनुसन्धान गरी आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top