ट्रेण्डिङ

होमपेज / समाज

एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागू

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १३:४९:५२ मा प्रकाशित

काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन  प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरू गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त  प्रणालीको शुभारम्भ गरेकी हुन्।

सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरू गरिएको जनाएको छ । यस प्रणालीको प्रयोगबाट सरकारी निकायहरूको सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्ति नभएपनि उपलब्ध जनशक्तिको मद्दतले आ-आफ्ना निकायगत वेबसाइटहरू सहजै  निशुल्क एवं  सुरक्षितरुपमा  विकास  गर्न सकिने र  अद्यावधिक एवं सपोर्टका लागि बर्सेनि गरिने खर्च बचत हुने जनाइएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top