ट्रेण्डिङ

होमपेज / समाज

"सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान" सुरु हुँदै

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १२:०९:४९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णाली प्रदेशको वर्तमान सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन निकट भविष्यमा "सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान" सुरु गर्ने भएको छ ।

कर्णाली प्रदेश भित्रका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत प्रहरी ईकाई,राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी,  व्यवसायी, समाजसेवी,विद्यालय तथा बजार व्यवस्थापन समितीका सदस्यहरू, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, नागरिक समाज तथा सरोकारवाला सबैसंग छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी इकाईहरूबाट आधारभुत सुरक्षा सचेतना, अपराध अनुसन्धान र रोकथाममा सरोकारवाला निकायबाट उपलब्ध हुन सक्ने सहयोग तथा प्राप्त गर्न सकिने भौतिक श्रोत साधनहरु, लागुऔषध ओसार-पसार तथा दुर्व्यसनी नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, आत्महत्या नियन्त्रण, अवैध मदिरा सेवन तथा नियन्त्रण, नागरिक मैत्री प्रहरी व्यवहार, प्रहरी सेवामा थप सहजीकरण लगाएत नागरिकको प्रत्यक्ष जनजिविकासंग जोडिएको विषयहरुमा उक्त सुझाव संकलन गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो। 

श्रेष्ठका अनुसार, 'हालसम्म कर्णाली प्रदेश अन्तर्गत सुर्खेतमा १५, जाजरकोट १४, हुम्ला २, रुकुम पश्चिम १५, दैलेख १२, डोल्पा २, कालिकोट १४, सल्यान १६, जुम्ला ५, मुगु १४, नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय  १२ स्थानहरूमा सुझाव संकलन भईसकेको र बांकी स्थानहरूमा पनि संकलन गर्ने कार्य भईरहेको छ । त्यसैगरी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षागण, कर्णाली प्रदेश प्रहरी गण लगाएतका विभिन्न कार्यालयहरूबाट प्रत्यक्ष छलफल तथा अन्तरिक्रिया, सुझाव पेटिका, पत्राचार, इमेल, सामाजिक संजालको माध्यमबाट सुझावहरु संकलन गरिएको छ । हालसम्म कर्णाली प्रदेश भरिका १२१ स्थानहरुमा करिब ४००० जना आम नागरिकहरुबाट सुझाव संकलन गरिएको छ ।'

सुझाव संकलनबाट प्राप्त सुझावहरूलाई कार्ययोजना निर्माण गरी लागु गरीने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ । यस अभियानबाट कर्णाली प्रदेशमा रहेको सुरक्षा व्यवस्था अझ बढी सुदृढ भई थप प्रभावकारी, समयसापेक्ष, गुणस्तरीय हुने कुरा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ज्यूले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top