ट्रेण्डिङ

होमपेज / समाज

पल शाहले पाए उच्च अदालतबाट सफाइ

भाेलि जेल मुक्त हुने

नेपालगाथा २०७९ फाल्गुण १४ गते आइतबार १८:४९:३९ मा प्रकाशित

काठमाडौं । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।

बलात्कारको अभियोग दर्ता भए पनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो ।  तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top