होमपेज / समाज
सुर्खेत । विकासका लागि स्वयंसेवाको अन्तर्राष्ट्रिय मापदण्ड सम्बन्धी एकदिने कार्यशाला गाेष्ठी सम्पन्न भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका युवाहरुको सहभागितामा आइतबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त्त कार्यक्रम सम्पन्न भएको हो ।
भिएसओ नेपाल लगायतका विभिन्न साझेदार संस्थाबाट संचालित एक्टिभ परियोजनाकाे आयोजनामा विकासका लागि स्वयंसेवकको अन्तर्राष्ट्रिय मापदण्डको महत्त्वकाे सान्दर्भिकताबारे जानकारी दिएका थिए ।
राष्ट्रिय स्वयंसेवक नीति, स्वयंसेवकको व्यवस्थापन र युवा नीति, क्षमता अभिवृद्धि तथा कार्यान्वयनका चुनौतीका बारेमा समेत छलफल भएको आयाेजकले बताएकाे छ।