ट्रेण्डिङ

होमपेज / समाज

४० वर्ष कटेका महिलाले स्तनको स्क्रिनिङ म्यामोग्राम गर्नु अनिवार्य 

डाक्टर कुन्दना रायमाझी, रेडियोलोजिष्ट, नेपाल मेडिसिटी हस्पिटल

नेपालगाथा २०७९ फाल्गुण १३ गते शनिबार ०९:३०:१८ मा प्रकाशित

स्तन क्यान्सर थाहा पाउन सबैभन्दा पहिला गर्ने भनेको स्क्रिनिङ म्यामोग्राम हो। ४० देखि ७५ वर्षसम्मका महिलाले यो स्क्रिनिङ गर्न सक्छन्। २० देखि ४० वर्षको उमेरमा गर्न अल्ट्रासाउन्ड पनि गर्न सकिन्छ।

स्क्रिनिङ म्यामोग्रामले सुरूवातमै क्यान्सर पत्ता लगाउन सकिन्छ। कुनै पनि समस्या सुरूवात र पछि थाहा पाउनुमा धेरै फरक पर्छ। सुरूवातकै चरणमा थाहा पाइयो भने स्तन निकाल्न नपर्ने हुन्छ। तर पछि थाहा भयो भने धेरैतिर फैलिन सक्छ।

स्क्रिनिङ म्यामोग्राम ४० वर्ष पुगेपछि प्रत्येक वर्ष गर्नुपर्छ। ७५ वर्षको उमेरसम्म यो गर्न सकिन्छ। प्रत्येक वर्ष स्क्रिनिङ म्यामोग्राम गरेमा एकातिर खर्च जोगिन्छ भने अर्कोतिर सुरूमै समस्या पत्ता लागेमा उपचार गर्न सकिन्छ। सँगै आफूलाई केही भएको रहेनछ भनेर ढुक्क हुन सकिन्छ।

सामान्यत: महिलाहरू ‘मेरो स्तनमा गिर्खा आयो त्यो मैले नुहाउँदा थाहा पाएँ’ भनेर आउने गर्छन्। त्यसपछि म्यामोग्राम अथवा अल्ट्रासाउन्ड गरेपछि क्यान्सर भएको थाहा हुन्छ। कतिपयले केही नभइकन म्यामोग्राम गर्दा क्यान्सर देखिएको छ। ४० वर्ष कटेपछि स्तनको परीक्षण गर्नुपर्छ भनेर हामीकहाँ जनचेतना छैन। त्यसैले हरेक वर्ष स्क्रिनिङ म्यामोग्राम गर्न जरूरी छ।

स्तनमा देखिने हरेक गिर्खा क्यान्सर हो भन्ने हुँदैन। त्यसैले पनि हरेक वर्ष परीक्षण गर्न जरूरी छ।

स्तन क्यान्सरको उपचार र रोकथामको लागि प्रविधिले धेरै सहज बनाएको छ। अहिले ४० वर्ष उमेर पुगेपछि हरेक वर्ष परीक्षण गरेमा स्तन क्यान्सर रोकथाम गर्न सकिन्छ । सेताेपाटीबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top