ट्रेण्डिङ

होमपेज / समाज

मदन भण्डारी राजमार्गमा पर्ने चार पुलको निर्माण सम्पन्न

नेपालगाथा २०७९ फाल्गुण ११ गते बिहीबार १६:०७:०० मा प्रकाशित

झापा । मदन भण्डारी राजमार्गमा पर्ने ३७ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनियर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ ।

उनले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताए । निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उनले जानकारी दिए । उनले झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । “सबै पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ”, उनले भने, “यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ ।” उनले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिए । उनका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ ।

निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि चार सय मिटरसम्मका रहेको उहाँले बताए । रु १० अर्ब १३ करोडका लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको इञ्जिनियर शर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top