ट्रेण्डिङ

होमपेज / समाज

चीनको सीमानजिकै केन्द्रविन्दु , ताजकिस्तानमा भूकम्पको धक्का

नेपालगाथा २०७९ फाल्गुण ११ गते बिहीबार १२:१०:१७ मा प्रकाशित

काठमाडौं । ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेटमा चीनको सीमानजिकै केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको रोयटर्सले जनाएको छ ।

समाचारमा जनाइए अनुसार चीनको सीमाभन्दा ८२ किमी टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top