होमपेज / समाज
सुर्खेत । नेशनल लाईफ इन्सयोरेन्सले ३६औं स्थापना दिवसको अवसरमा प्रशान्ति वृद्धाश्रममा रहनुभएका आमा बुवालाई भोजन खुवाएर मनाइएको छ ।
'आकर्षक बोनस, अधिकतम प्रतिफल' भन्ने नाराका साथ देशै भरी ३६औं स्थापना दिवस मनाइएको छ । सोही अनुसार सुर्खेतमा रहेको इन्सयोरेन्सकाे शाखाले वृदाश्रममा गएर त्यहाँ रहनुभएका आमा बुवालाई भोजन खुवाएर दिवस मनाइएको हो ।
वृद्धाआश्रममा अहिले ११ जना आमाहरु र १६ जना बुवाहरु रहनुभएको आश्रमका सचिव चेतबहादुर अधिकारीले बताउनु भएको छ ।
