ट्रेण्डिङ

होमपेज / समाज

सेल्फीको कोसिसमा गायक सोनु निगममाथि धक्का-मुक्का

नेपालगाथा २०७९ फाल्गुण ९ गते मंगलबार ११:३७:१८ मा प्रकाशित

काठमाडौँ । भारतीय अभिनेता सोनु निगममाथि धक्का-मुक्का भएकाे  छ । समाचार एजेन्सी पिटिआईका अनुसार मुम्बईमा एक कार्यक्रमका बेला सोनु निगममाथि प्रशंसकले सेल्फी लिने कोसिसमा धक्का-मुक्का गरेका छन् । उक्त घटना राती ११ बजेको हो । त्यति बेला सोनु निगम मुम्बईको चेम्बूरमा साङ्गीतिक फेस्टिभलमा भाग लिन गएका थिए ।


एक प्रहरी अधिकारीले पिटिआईसँगको कुराकानीमा सोनु कार्यक्रम सकिएपछि फर्किरहेका बेला प्रशंसकको टोली सोनु निगमतर्फ अघि बढिरहेका बेला उनका कर्मचारीले टोलीलाई रोकेका थिए ।सोनु निगमले पनि यसबारे समाचार एजेन्सी एएनआईसँग कुराकानी गरेका छन् ।

एएनआईका अनुसार सोनु निगमले भने, ‘कन्सर्ट पछि म स्टेजबाट बाहिरिइरहेको थिएँ त्यति बेला स्वप्निल प्रकाश नामका व्यक्तिले मलाई समाते । ती व्यक्तिले हरि र रब्बानीलाई पनि धक्का दिए जसले मलाई जोगाउन आएका थिए । म सिँढीमा लडेँ । मैले यसबारे उजुरी दर्ता गरेको छु ताकि मानिसहरूले जबरजस्ती सेल्फी खिच्ने र हातपात नगर्नेबारे सोच्न सकुन् ।’


सोनु निगमको उजुरीमा मुम्बई प्रहरीले पनि आफ्नो प्रतिक्रिया दिएको छ ।एएनआईका अनुसार जोन सिक्सको डिसिपी हेमराज सिंह राजपूतले भने, ‘ सोनु निगम जब स्टेजबाट ओर्लिरहेका थिए त्यति बेला उनलाई स्वप्निल नामका एक व्यक्तिले समाते । जब सोन निगमले अस्वीकार गरे तब उनलाई अन्य दुई व्यक्तिले सिँढीबाट धक्का दिए । यीमध्ये एक व्यक्तिलाई चोट लागेको छ ।’

प्रहरीले एएनआईलाई भन्यो, ‘सोनु निगमसँग कुराकानीको आधारमा लाग्छ कि यो घटना जानाजान भएको होइन । यो एक व्यक्तिको काम हो । स्वयंसेवकले त्यति बेला स्थिति सम्हालेका थिए । एफआईआरमा एक जनाको मात्रै नाम छ । यो एउटा यस्तो घटना हो जसमा अभियुक्त सायद फोटो खिच्ने उद्देश्यले गायकलाई समातिरहेका थिए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top