होमपेज / समाज
सुर्खेत । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले वार्षिक सार्वजनिक लेखाजोखा वीरेन्द्रनगरको सुर्खेतमा सम्पन्र भएकाे छ।
किर्डाक नेपालले कर्णाली प्रदेशका ५ जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी, बेरोजगार, कृषि, वन तथा वातावरण, उद्योग र पर्यटनको क्षेत्रमा उल्लखेनीय भूमिका सहितको काम गर्दै आएको छ। सार्वजनिक लेखाजोखाको क्रममा आर्थिक वर्ष २०७९/८० मा विभिन्न परियाेजनाहरूकाे गरी ५१ कराेड ५९ लाख ८१ हजार ९ सय १९ रूपैयाँ ३७ पैसाकाे विभिन्र गतिविधिहरू भएकाे सार्वजनिक गरिएको छ ।
सार्वजनिक लेखाजोखा कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेश सामाजिक विकास मन्त्री टेकराज पछाईले समाजको विकास, समृद्ध समाजको निर्माण र समाजिक न्यायको पक्षमा सधैभरी आफ्नो मन्त्रालय र आफू लाग्ने बताएका छन्। उनले युवा, विद्यार्थी र बालबालिकामा देखिएका विभिन्र खालका समस्या समाधान गर्न सम्पूर्ण संघ संस्थाहरुलाई आग्रह समेत गरेका छन् ।
मन्त्री पछाईले कर्णाली प्रदेशका युवाहरूको दक्षताका आधारमा रोजगारीको सिर्जना गर्ने र दक्ष नभएका युवाहरुलाई विभिन्न तरिकाबाट दक्ष बनाउने समेत प्रतिबद्धता जारी गरेका छन्। किर्डाक नेपालका अध्यक्ष सम्झाना मल्लले किर्डाक नेपालले गरेको विभिन्न काममा हातेमालो गर्दै आएकाले समृद्धि सहितको न्यायपूर्ण समाजको परिकल्पना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएकी छन् ।