होमपेज / समाज
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनियर नविनकुमार विसीमाथि मुद्दा दायर गरेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक निर्माण योजनाको रकम हिनामिना गरेको भन्दै आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
आपसी मिलेमतो गरी निगालपानी रेग बगौरा सडक निर्माण योजना सम्झौतामा निर्धारित सर्त र मापदण्डविपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाइछिपाइ नभए नगरेको कुरा देखाई भ्रष्टाचार निवारण ऐन, २०५५ को दफा १९ को उपदफा ९२० बमोजिम कसूर गरेको अख्तियारको दाबी छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं. ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम उनीहरूले हिनामिना गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । विशेष अदालतमा दायर मुद्दामा अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ उपदफा ९२० बमोजिमको सजाय मागदाबी गरेको छ ।