ट्रेण्डिङ

होमपेज / समाज

दैलेखमा आगलागी हुँदा पाच लाख बराबरको क्षती

नेपालगाथा २०७९ फाल्गुण ८ गते सोमबार १५:१८:०४ मा प्रकाशित

दैलेख । दैलेखको आठबिस नगरपालिका १ सिगैडीमा आगलागी हुँदा पाच लाख बराबरको क्षती भएको छ ।आठबिस नगरपालिका १ सिगैडीका लालमनी बि.कको घरमा सोलारको तार सट हुनगई २ तले २ कोठे खरले छाएको कच्ची घरमा आगलागी भएको हो ।

आगलागीको केहि समयमै प्रहरी र स्थानीयको साहायतामा आगो नियन्त्रणमा लिएको र आगलागीमा मानवीय तथा पशु चौपायाको क्षती नभए पनि घरमा भएको १ लाख ५० हजार नगद , ८० हजारको काठ काट्ने उठ कटहर १ थान, १ तोला सुन, ४ तोला चादि ,मोवाइल १ थान, १८ हजारको कपडालत्ता, अन्नपात लगायत घर जलेर पुर्ण रुपमा नष्ट भई ५ लाख बराबरको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top