ट्रेण्डिङ

होमपेज / समाज

त्रिभुवन विमानस्थलको सर्भर डाउन हुदा सम्पुर्ण उडान प्रभावित

नेपालगाथा २०७९ फाल्गुण ८ गते सोमबार १५:०५:३२ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुन पुगेको छ । 
सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले  जानकारी दिएका छन् । ‘केही समयदेखि अध्यागमनको सफ्टवेयरमा समस्या देखिएको छ । समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन् । तथापि, अबको केही छिन्मा नै समस्या समाधान हुनेमा आशावादी छौं’ सिटौलाले रातोपाटीसँग भने । तर, यस समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेको उनले जानकारी दिए । 

टीआई, अध्यागमनमा सञ्चालित सफ्टवेयर पनि सिंहदरबारकै भएकाले उता समस्या आउँदा यता पनि सोहीँ समस्या देखिएको प्रवक्ता सिटौलाको भनाइ छ । ‘सिंहदरबारबाट सञ्चालित सरकारीसर्भरमा पटक पटक समस्या आइरहेको छ । यसअघि पनि यस्तै समस्या आएको थियो । अहिले फेरि सोही समस्या दोहोरिएको छ, यसको छिटो समाधानको खोजी जारी छ’ उनले भने । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top