ट्रेण्डिङ

होमपेज / समाज

एक लाख ५० हजार पुरस्कारकाे शौचालय बनाउने प्रतियोगिता

नेपालगाथा २०७९ फाल्गुण ७ गते आइतबार १५:४६:०६ मा प्रकाशित

कैलाली ।  धनगढी उपमहानगरपालिकाले फरकखाले प्रतियोगिताको आयोजना गरेको छ । जसमा प्रतियोगीले शौचालयको डिजाइन बनाउनुपर्ने छ ।

उपमहानगरपालिकाले बनाउन लागेको शौचालयको उत्कृष्ट डिजाइन बनाउने एक जनाले नगद पुरस्कार समेत प्राप्त गर्ने छन् ।​ उपमहानगरपालिकाका मेयर गोपाल हमालले सार्वजनिक शौचालयको डिजाइन बनाउने मध्ये उत्कृष्ट एक जनालाई एक लाख ५० हजार पुरस्कार दिने बताए ।

उपमहानगरले सार्वजनिक शौचालय निर्माणका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्य गरेर देशभरका इन्जिनियरलाई आफ्नो डिजाइन पेश गर्न आव्हान गरेको छ। प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनले २१ दिने सूचना निकालेको छ । प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको उपमहानगरपालिका मेयर हमालले बताए ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने सार्वजनिक शौचालयको डिजाइनलाई धनगढी उपमहानगरपालिकाले क्रमश १ लाख ५० हजार र ७५ हजार नगद पुरस्कार दिने मेयर हमालले बताए । यसरी छनौट भएका डिजाइनका आधारमा धनगढीमा सार्वजनिक शौचालय निर्माण गर्ने तयारी उपमहानगरपालिकाको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top