ट्रेण्डिङ

होमपेज / समाज

अरुण चौधरी भए रिहा

नेपालगाथा २०७९ फाल्गुण ७ गते आइतबार ११:०८:०९ मा प्रकाशित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुण चौधरी रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएको कैलाली कारागारका प्रमुख लालबहादुर बोगटीले जानकारी दिए । उनलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरीले कारागारबाहिर स्वागत गरेकी छन् । 

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए । उनलाई कैलाली कारागारमा माघ २० गते लगिएको थियो । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी पक्राउपछि निलम्बनमा छन् ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top