ट्रेण्डिङ

होमपेज / समाज

कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम लिष्टिङमा

नेपालगाथा २०७९ फाल्गुण ५ गते शुक्रबार १२:५८:०६ मा प्रकाशित

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा पाँच जना लिष्टिङमा परेका छन् । उक्त पदमा २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए । जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेको बैंकले जनाएको छ ।

बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरू सर्ट लिष्टिङ्गमा छनौट भएका हुन् । यसरी, सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका छन् । उनीहरूको शनिबार अन्तर्वार्ता लिइने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top