ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली उत्सव शुरू हुँदै

नेपालगाथा २०७९ फाल्गुण ४ गते बिहीबार २३:४३:०१ मा प्रकाशित

प्रकाश काफ्ले, सुर्खेत । कर्णाली उत्सवकाे चौथौ संस्करण फागुन ५ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको बुलबुले उद्यानमा हुने भएको छ।

२०७६ फागुनबाट सुरुभएको विचारको उत्सव २०७९ सालसम्म आइपुग्दा चौथो अध्यायमा पुगिसकेको छ । कर्णाली उत्सवमा समग्र समृद्धिका लागि सार्थक बहसको नियमित श्रृंखला भइरहेको हुन्छ । भाषा, साहित्य, संस्कृति र कलामा मात्र सीमित नरही सम्मृद्ध कर्णालीको साथक सपनाहरु बारे बहस गर्ने यस सिलसिलामा ५० भन्दा बढी सवालहरुमा छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यसले खासगरी सत्ताको केन्द्रित मानसिकतालाई चिर्दै बहुलवाद पहिचानका प्रश्नहरु गर्दै जवाफदेहिताको खोजी गर्ने कुरामा जोड दिने आयाेजकले बताएका छन् । उपेक्षित दुर्गम र अविकासको मानक बनाइएको कर्णालीमा पराम्परागत भाषिक मानकहरुलाई कसरी बदल्ने भन्ने बारेमा चर्चा हुनेछन् । 

यस उत्सवमा विभिन्न १६ वटा विषयगत सत्रहरु हुने आयाेजकले बताएका छन् । हरेक दिन यो सत्रमा आधारित भई उत्सव मनाइने छ । उत्सवको पहिलो दिन बिहान मंगलगढीबाट र्याली शुरू हुनेछ र बुलबुले उद्यान भित्र पसी १० बजेबाट कार्यक्रम शुरु हुने आयोजकको भनाई छ ।

मुख्यमंत्री राजकुमार शर्माले कर्णाली उत्सवकाे उत्घाटन र पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलबाट निर्वाचन लोकतन्त्रका विषयमा विद्वत प्रवचन हुने प्रेस नोटमा उल्लेख गरिएकाे छ । उक्त उत्सवमा रेलको बाटो नामक गितका गीतकार सुरज पाण्डे, सामाजिक सञ्ज्यालकि अभियन्ता मिस पवि लगायत ५० भन्दा बढी साहित्यकार,लेखक, पत्रकार, कलाकार, सांसद ज्ञानेन्द्र शाही, सोविता गौतम,विश्वप्रकाश शर्मा, कर्णाली प्रदेशका आर्थिक मन्त्री विनोदकुमार शाहलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top