होमपेज / समाज
टीका चालिसे, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार सम्पन्न भएको एक अन्तत्र्रिmया कार्यक्रमका सहभागीहरुले युवा र किसानका मुद्दालाई साझा बनाउने विषयमा छलफल गरेका छन् ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल कर्णाली प्रदेश सुर्खेतको आयोजना र एक्टिभ परियोजनाको आर्थिक सयोगमा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले किसानका मुद्दालाई युवाले उठाएर स्थापित गर्नुपर्नेममा जोड दिए ।
.jpg)
युवाले नेतृत्व गरेका नागरिक संस्थाहरुको संस्थागत विकासको लागि आयोजना गरिएको कार्यक्रममा करिब एक दर्जन युवा संस्थाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष शशीराम आचार्यले किसानका मुद्दाका बारेमा जानकारी दिँदै अब किसानका मुद्दालाई युवाहरुले पनि उठाउनुपर्नेमा जोड दिनुभयो । यसैगरी पैरवी अधिकृत वेद लामिछानेले परियोजनाका उद्देश्य र खाद्य अधिकारका बारेमा जानकारी दिँदै राष्ट्रिय युवा नीतिका बारेमा समेत जानकारी दिनुभएको थियो ।
.jpg)
राष्ट्रिय कृषक समूह महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम अधिकृत उत्सव जिसीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन टिका चालिसेले गर्नुभएको थियो ।