होमपेज / समाज
दाङ । दाङको तुलसीपुरमा खाना पकाउने एलपी ग्याँस सिलिण्डर बिस्फोट हुँदा २ जना घाइते भएका छन् ।
बिहान साढे ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको कृषि बीऊ उत्पादन कम्पनीमा ग्याँस लिक भएर बिस्फोट हुँदा २ जना गम्भीर घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार खाना पकाउँदै गर्दा ग्याँस लिक हुँदा ५० वर्षीया कुसुम केसी र २९ वर्षीय आशिष खनाल घाइते हुन पुगेका छन् । कुसुमको कम्मरमुनिका भाग जलेको छ भने खनालको हात र खुट्टा जलेको छ ।
हाल केसीलाई थप उपचारका लागि बाँके पठाइएको छ भने खनाललाई थप उपचारका लागि चितवन लगिएको छ ।