ट्रेण्डिङ

होमपेज / समाज

ग्यास सिलिन्डर विस्फोटबाट घाइते चन्द्र भण्डारीकी आमाको निधन

नेपालगाथा २०७९ फाल्गुण ४ गते बिहीबार १२:०८:४७ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी हरिकलाको बिहीबार बिहान १०ः ५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा.निजिमा ताम्राकारले बताइन् । 
बुधवार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा-छोरा जलेर घाइते भएका थिए ।  उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top