ट्रेण्डिङ

होमपेज / समाज

प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियारमा उजुरी

नेपालगाथा २०७९ फाल्गुण ३ गते बुधबार १३:४५:४५ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

हाल सुदूरपश्चिम प्रदेशका प्रमुख रहेका डीआईजी सिंहविरुद्ध फागुन ३ गते शैक्षिक योग्यताको विषयमा प्रश्न उठाएर उजुरी परेको हो । दर्ता नम्बर सी–०४१७१७ नम्बर रहेको उक्त उजुरीमा हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर समेत सच्याएको’ जिकिर गरिएको छ ।

उनको वास्तविक नाम अशोक सिंह बोगटी रहेको उजुरीमा उल्लेख छ । उनले डीआईजी हुन पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गरिएको हो । सिंहले पढ्दै नपढी भारतको लखनउबाट नक्कली प्रमाणपत्र ल्याएको आरोप लगाइएको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा डीआईजी सिंहसँग सम्पर्क हुन सकेन । यो समाचार तयार पार्दासम्म उनले प्रयोग गर्दै आएको ९८५१०....७६ नम्बरको नम्बर अफ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top