ट्रेण्डिङ

होमपेज / समाज

यातायात मजदुर र सरकारबीच ५ बुँदे सहमति

नेपालगाथा २०७९ फाल्गुण २ गते मंगलबार १४:१८:३६ मा प्रकाशित

काठमाडौँ ।  सार्वजनिक यातायातसम्बद्व तीन मजदुर संगठन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विभिन्न विषयमा लिखित सहमति भएको छ । 

यातायात मजदुर र मन्त्रालय बीच भएको सहमति अनुसार यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन र आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति समेत भएको हो ।

सहमतिअनुसार मन्त्रालय मातहतका समस्याहरू मन्त्रालयले हेर्ने, काठमाडौं महानगरपालिका अन्तर्गत पर्ने बसपार्कबारे महानगरले छानविन गर्ने र ट्राफिक प्रहरी मातहतका समस्याहरू ट्राफिकले समाधान गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top