ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ महानगरभित्र घर भाडामा बस्नेले 'बहाल कर ' तिर्न पाउने

नेपालगाथा २०७९ फाल्गुण २ गते मंगलबार १२:१६:०३ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र घर बहालमा बस्नेले ‘बहाल कर’ तिर्न पाउने भएका छन् । बहाल कर कसले (घर धनीले कि बहालमा लिनेले) तिर्ने भन्ने विषयलाई ‘काठमाडौँ महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका – २०७९’ ले स्पष्ट व्यवस्था गरेको हो ।

घरधनीले बहाल कर नतिरेमा बहालमा बस्नेले बहाल कर तिर्न पाउने घर बहाल व्यवस्था निर्देशिका – २०७९’ ले स्पष्ट व्यवस्था गरेको महानगरले उल्लेख गरेको छ । बहालमा बसेकाले बहाल कर तिरेको प्रमाण बुझाएमा घरधनीलाई बहाल कटाउन पाउन सकिने महानगरले बताएको छ ।

सम्झौतामा अन्यथा उल्लेख भएको बाहेकमा बहालमा दिएको घरको कानुन बमोजिम लाग्ने बहाल कर महानगरपालिकालाई बुझाउने दायित्व घरधनीको हुने महानगरले प्रस्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top