ट्रेण्डिङ

होमपेज / समाज

सरकार र यातायात मजदुरहरूबीच सहमतिपछि बन्द फिर्ता

नेपालगाथा २०७९ फाल्गुण २ गते मंगलबार ११:१२:१५ मा प्रकाशित

काठमाडौँ  । यातायात मजदुरहरूले आज काठमाडौँ उपत्यकामा गरेको बन्द फिर्ता लिएका छन् । सरकार र यातायात मजदुरहरूबीच आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले बन्द फिर्ता लिएको हो । ' हामीले बन्द फिर्ता लिएका छौँ ' अखिल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले इकागजसँग भने 'अब अर्को बैठक बस्दैछौँ ।'

उनका अनुसार मजदुरहरूको निलम्बित लाइसेन्स फिर्ता गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठले यातायात व्यवसायीको जायज माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता गर्न यातायात मजदुर सहमत भएका हुन् । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । 

ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् । 

बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले हिजो सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top