होमपेज / समाज
सुर्खेत । समाचार संकलनका लागि बसपार्क पुगेका पत्रकार बलबहादुर थापामाथि सांघातिक आक्रमण भएकाेमा प्रेस चाैतारी नेपाल सुर्खेत शाखाले गम्भीर ध्यानकर्षण भएकाे जनाएकाे छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै प्रेस चाैतारी नेपाल सुर्खेत शाखाले नागरिककाे सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीकै अगाडि पत्रकार माथि भएकाे आक्रमणकाे निन्दा गरेकाे हाे ।
प्रहरीको आँखै अगाडि आक्रमणमा उत्रिएका दोषीहरुलाई घटनास्थलबाटै पक्राउ गरि कानूनी कार्वाही गर्नुको सट्टा घण्टौं वितिसक्दा पनि पक्राउ नगर्नुले सुरक्षा दिने निकाय प्रहरी प्रसाशन नै पत्रकार जगतप्रति पूर्वाग्राही बनेको हो की भन्ने आशंका उब्जिएको प्रेस चाैतारीका जिल्ला अध्यक्ष गोविन्द खत्री र केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज आकाशतारा बयकद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
प्रेस चाैतारी नेपाल सुर्खेत शाखाले पत्रकारलाई स्वतन्त्रतापूर्वक, भयरहित वातावरणमा पेशा व्यवसाय गर्ने वातावरण बनाउन सरकारसँग जोडदार माग समेत गरेकाे छ ।
'आक्रमणबाट घाइते भएका पत्रकार थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्रति गम्भीर बन्न प्रहरी, स्थनीय प्रशासन र सरकारको ध्यानाकर्षण गराउँदछौं' - विज्ञप्तीमा भनिएकाे छ ।