ट्रेण्डिङ

होमपेज / समाज

भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने यातायात मजदुर संगठनको घोषणा

नेपालगाथा २०७९ फाल्गुण १ गते सोमबार १८:१७:४० मा प्रकाशित

काठमाडौं । ट्राफिक नियमको विरोध गर्दै यातायात मजदुर संगठनहरूलेले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । 

सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।  सोमबार उनीहरुले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। 

बालाजु क्षेत्रमा प्रहरीसँग आन्दोलनकारीको झडपसमेत भएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top