ट्रेण्डिङ

होमपेज / समाज

यातायात मजदुर कुटिएको विरोधमा प्रहरीको भ्यानमा आगजनी

नेपालगाथा २०७९ फाल्गुण १ गते सोमबार १८:०४:१२ मा प्रकाशित

काठमाडौं ।  काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।

अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडकमै गाडी रोकेर प्रदर्शन गरेका थिए ।

सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रको सडकमा सवारी साधन तेर्स्याएर  सडक अवरुद्ध गरेका हुन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top