ट्रेण्डिङ

होमपेज / समाज

बसको ठक्करबाट महिलाको मृत्युपछि वीरेन्द्रनगर बजार तनावग्रस्त, ४ राउण्ड अश्रुग्यास प्रहार

नेपालगाथा २०७९ फाल्गुण १ गते सोमबार १५:१२:५० मा प्रकाशित

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि पीडितहरुले सोमवार बिहानैदेखि आन्दोलन गरिरहेका छन् । 

आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।  प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् ।  आइतवार दिउँसो वीरेन्द्रनगर १० को बामेखोलामा बस्दै आएकी जाजरकोटको छेडागाड ६ की ६६ वर्षीय नदी रावतको वीरेन्द्रनगर बसपार्कमा बसको ठक्करबाट मृत्यु भएको थियो ।

आन्दोलनलाई साम्य पार्ने प्रयास गरिए पनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रूप लिँदै गएको छ। आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै सोमबार  बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top