ट्रेण्डिङ

होमपेज / समाज

सार्वजनिक बिदाका नाममा अराजकता अत्ति भयो :गगन थापा

नेपालगाथा २०७९ फाल्गुण १ गते सोमबार १४:३१:२१ मा प्रकाशित

काठमाडौं । जनयुद्ध दिवस भन्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वक्तव्य नै जारी गरेका छन् ।

 थापाले पछिल्लो समय कार्यकारी प्रमुखको तजबिजमा सार्वजनिक विदा दिने क्रम अत्यन्तै बढेको बताएका छन् ।  थापाले सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाउन आग्रह गरेका छन् ।

‘कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि’, उनले भने, ‘झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन् । यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो !’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top