ट्रेण्डिङ

होमपेज / समाज

नेपालले टर्कीका भूकम्प पीडितका लागि पठायो २२ टन राहत सामग्री

नेपालगाथा २०७९ फाल्गुण १ गते सोमबार १३:४९:४७ मा प्रकाशित

काठमाडौं । नेपालले टर्कीका भूकम्प पीडितका लागि साेमबार राहत सामग्री पठाएकाे छ। रराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । 

ती राहत सामग्रीहरु सोमबार दिउँसो टर्किस एयरलाइन्सको जहाजबाट भूकम्प प्रभावितहरुका लागि पठाइएको हो। त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् ।

टर्की सरकारले यी सामग्री तत्काल आवश्यक रहेको बताएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top